वीरगन्ज :

नख्खु कारागारबाट भागेका सञ्जय साह टक्ला पक्राउ

श्रेणी : BANNER

2 days
Pradeep Sah
1.6kViews
1150 Shares

जनकपुर,२६ भदाै । ललितपुरस्थित नख्खु कारागारबाट फरार सञ्जय साह टक्ला काभ्रेबाट पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जानकारी दिएका छन्। टक्लालाई पुनः कैद भुक्तानका लागि कारागार पठाउने तयारी भइरहेको छ।

टनाई जेनजी आन्दोलनको क्रममा नख्खु कारागारमा तोडफोड र आगजनी गर्दै फरार भएका थिए। सुरुमा सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका रवि लामिछानेलाई निकालिएको थियो, त्यसपछि टक्लासहित सबै कैदी फरार भएका थिए।

पूर्वराज्यमन्त्री समेत रहेका टक्ला जन्मकैदको सजाय भोगिरहेका थिए। उनी १२ वर्षदेखि कारागारमा थिए। अदालतको आदेशअनुसार सञ्जय टक्ला १८ वैशाख २०६९ मा जनकपुरको रामानन्द चोकमा ५ जनाको ज्यान जाने गरी भएको बम विष्फोटका मुख्य नाइके थिए।

त्यसैगरी, उनी रेडियो टुडेका सञ्चार उद्यमी अरुण सिंहानियाको हत्या योजनामा पनि मुख्य योजनाकार भएको आरोपमा सजाय भोगिरहेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *