वीरगन्ज :

कटुवा पेस्तोलसहित तीन भारतीय युवक पक्राउ

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.1kViews
1408 Shares

सिरहा, २३ साउन । सिरहाको नरहा गाउँपालिका–३ बाट कटुवा पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ परेका छन्।

भारतको मधुबनी जिल्लाबाट नेपाल प्रवेश गर्दै गरेका उनीहरूलाई इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा १९ वर्षीय ऋषि नाथ मण्डल, २० वर्षीय ओम शंकर यादव र १९ वर्षीय आकाश कुमार मण्डल रहेका छन्।

उनीहरू भारतीय नम्बर प्लेट रहेको एउटै मोटरसाइकलमा सवार थिए। प्रहरीले शंका लागि जाँच गर्दा मोटरसाइकलको पछाडि बसेका आकाश मण्डलको साथबाट एकथान कटुवा पेस्तोल फेला पारेको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिए।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *