वीरगन्ज :

रौतहटमा ट्रक र विद्युतीय गाडी ठोकिँदा दुईको मृत्यु , दुई घाइते

श्रेणी : अपराध

5 months
Pradeep Sah
1.6kViews
1836 Shares

रौतहट,२१ जेठ । रौतहटको चन्द्रपुर–१ मंगलपुरस्थित पूर्व–पश्चिम राजमार्गमा बुधबार बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको विद्युतीय सोकोन गाडी र विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश ०३–००१ ख ८६०० नम्बरको मालवाहक ट्रक एक आपसमा साइडबाट ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

दुर्घटनामा सर्लाही रामनगर–१ खैरवाकी ३६ वर्षीया भगिया देवीको छाति र दाहिने हातमा गम्भीर चोट लाग्दा उपचारका क्रममा मृत्यु भएको हो। सोही स्थानका ३० वर्षीय धिरेन्द्र ठाकुरको पनि पाखुरामा गम्भीर चोट लाग्दा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

घटनामा परी सर्लाहीकै १८ वर्षीया रानी कुमारी यादव र रौतहट दुर्गाभगवती गाउँपालिका–५ बडहर्वाका १९ वर्षीय सरोज ठाकुर घाइते भएका छन्। दुबै जनाको चन्द्रपुर अस्पताल प्रालिमा उपचार भइरहेको र उनीहरू खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनापछि प्रहरीले ट्रक चालक मकवानपुर हेटौंडा–१३ का ग्यालसेन थोकर र सोकोन गाडी चालक सर्लाही रामनगर–३ का आकाश सिंहलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईका अनुसार, “चालकहरूसँग सोधपुछ भइरहेको छ। कसको गल्तीका कारण दुर्घटना भयो भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको छ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *