वीरगन्ज :

एसईईको रजिस्ट्रेसन फाराम बुझाउने म्याद जेठ ३० सम्म थप

श्रेणी : प्रदेश

1 month
Pradeep Sah
3.1kViews
1235 Shares

काठमाडौं,१२ जेठ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा सहभागी हुन चाहने विद्यार्थीका लागि रजिस्ट्रेसन फाराम बुझाउने समयसीमा थप गरिएको छ।

परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सानोठिमी, भक्तपुरले विद्यार्थी, अभिभावक तथा विद्यालयहरूबाट आएको आग्रहलाई ध्यानमा राख्दै फाराम बुझाउने अन्तिम म्याद जेठ ३० गतेसम्म लम्ब्याएको हो।

यसअघि वैशाख १२ गते प्रकाशित सूचनामा फाराम बुझाउने अन्तिम म्याद जेठ ११ गते तोकिएको थियो । अब विद्यालयहरूले विद्यार्थीका फाराम संकलन गरी तोकिएको शुल्कसहितको भौचर असार ८ गते आइतबारभित्र सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा पेश गर्नुपर्नेछ।

परीक्षा बोर्डले अन्य प्रक्रिया र कार्यतालिका भने यथावत् रहने स्पष्ट पारेको छ। फाराम भर्न छुट पाएका विद्यार्थीहरूका लागि यो समय थप एक अवसरका रूपमा आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *