वीरगन्ज :

मोटरसाइकलको ठक्करले कक्षा ६ का विद्यार्थीको ज्यान गयो, स्थानीय आन्दोलित

श्रेणी : अपराध

3 months
Pradeep Sah
2.0kViews
1599 Shares

बारा,१० जेठ । बारा जिल्लाको सुवर्ण गाउँपालिका–२ मा मोटरसाइकलको ठक्करबाट एक कक्षा ६ मा अध्ययनरत विद्यार्थीको ज्यान गएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन्। मृतक १२ वर्षीय छोटेलाल राम कवहीस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत थिए।

राजेन्द्र रामका छोरा छोटेलाल बिहीबार बिहान १०:४५ बजे घुसुकपुर टोलमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थिए। तत्काल वीरगंजस्थित नेशनल मेडिकल कलेजमा उपचारका लागि लगिएको भए पनि शुक्रबार उनको निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेका कारण स्थानीयमा आक्रोश फैलिएको छ। मृतकका आफन्त र स्थानीयले दोषीलाई तुरुन्त पक्राउ गरी कारबाही गर्न माग गर्दै शवलाई सडकमा राखेर प्रदर्शन गरेका छन्। प्रदर्शनका कारण केही समयसम्म यातायात अवरुद्ध भएको थियो।

प्रदर्शनकारीहरूले प्रहरी प्रशासनप्रति असन्तुष्टि जनाउँदै घटनापछि पनि चालकको पहिचान र नियन्त्रणमा नआउनु दुर्भाग्यपूर्ण र लज्जास्पद भएको बताए। “हामी न्याय मागिरहेका छौं, दोषीलाई कानुनको दायरामा ल्याउन ढिलासुस्ती गर्नु अस्वीकार्य छ,” एक स्थानीय प्रदर्शनकारीले भने।

प्रहरी प्रशासनका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ। सीसीटीभी फुटेज र साक्षीहरूको बयानका आधारमा फरार चालकको पहिचान तथा खोजी कार्य तीव्र पारिएको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *