वीरगन्ज :

पूर्वमन्त्रीसहित ८ जनामाथि भ्रष्टाचारको मुद्दा, करोडौंको सरकारी सम्पत्तिमा हानिनोक्सानीको आरोप

श्रेणी : अपराध

1 year
Pradeep Sah
2.2kViews
1583 Shares

काठमाडाैं,०४ जेठ । सागरनाथ वन विकास परियोजनामा देखिएको अनियमिततासँग जोडिँदै मधेश प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि सार्वजनिक सम्पत्तिको हिनामिना, हानिनोक्सानी र दुरुपयोग गरेको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आरोपितमध्ये बागमती नगरपालिका (सर्लाही) का तत्कालीन नगरप्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मुक्तानसहित अन्य स्थानीय पदाधिकारीहरू रहेका छन्। आयोगका अनुसार उनीहरूले सागरनाथ वन क्षेत्र अतिक्रमण गर्दै ढुंगा, गिटी, बालुवा, माटो जस्ता वन पैदावार गैरकानुनी रूपमा उत्खनन गरी बनाइएको खाल्डोमा ‘माछापोखरी निर्माण’को नाममा संरचना बनाएका थिए।

आरोपपत्रमा उल्लेख भएअनुसार, संघीय र प्रदेश सरकारको समन्वयमा प्राप्त बजेटको दुरुपयोग गर्दै पोखरी लगायत संरचना निर्माणमा अनियमितता गरिएको छ। यसबाट ५६ करोड ७१ लाख रुपैयाँभन्दा बढीको सरकारी सम्पत्तिमा हानिनोक्सानी भएको आयोगको दाबी छ।

अख्तियारले सोही अनुपातमा जरिवाना र कारबाहीको माग गर्दै भ्रष्टाचार निवारण ऐनअनुसारको सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *