वीरगन्ज :

डा. मनोज कुमार सरार्फ जनमत पार्टीमा प्रवेश

श्रेणी : मधेस

1 year
Pradeep Sah
3.1kViews
1069 Shares

बीरगन्ज,२९ वैशाख । बीरगन्ज वडा नम्बर ८ निवासी डा. मनोज कुमार सरार्फ औपचारिक रूपमा जनमत पार्टीमा प्रवेश गरेका छन्।

जनमत पार्टीको पर्सा जिल्ला कार्यालयमा आयोजित विशेष कार्यक्रमका बीच पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले डा. सरार्फलाई पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरेका हुन्।

अर्थशास्त्रमा विद्यावारिधी तथा कृषि विज्ञानमा स्नातक डिग्री हासिल गरेका डा. सरार्फले प्लान इन्टरनेसनल, स्ट्रीट चाइल्ड अफ नेपालजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा २५ वर्षभन्दा बढी समय उच्च पदमा रही सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन्।

कार्यक्रममा केन्द्रिय सदस्य रम्भा मिश्र, प्रदेश सदस्य बृजेस्वर प्रसाद चौधरी, राजनरायण मिश्र, वीरगन्ज महानगर अध्यक्ष महादेव शर्मा , वीरगन्ज महानगर सचिव लोकेश कर्ण लगायत नेताहरु रामजी रौनियार, गगन देव यादव, ध्रुप महतो, हिरालाल राम, कृष्ण कुशवाहा लगायतको उपस्थिति थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *