वीरगन्ज :

कालिमाटीबाट एसईई प्रवेशपत्र लिन हिँडेका दुई किशोरी बीरगन्जकाे मितेरी पुलमा फेला

श्रेणी : अपराध

4 months
Pradeep Sah
1.6kViews
1566 Shares

बीरगन्ज,०६ चैत । एसईई प्रवेशपत्र लिन काठमाडौंको कालिमाटीस्थित डेराबाट मंगलबार बिहान हिँडेका २ किशोरी बीरगन्जस्थित नेपाल-भारत सीमामा रहेको मितेरी पुलमा फेला परेका छन्। १७ र १८ वर्षीया सुनिता र राधा (नाम परिवर्तन) लाई भारतीय सुरक्षा फौज एसएसबीका जवानहरूले साँझ ७ बजे मितेरी पुलमा फेला पारेका थिए।

भारतीय सुरक्षाकर्मीले उनीहरूलाई रोकेपछि, किशोरीहरूले भारतमा प्रेमीहरू रहेको र विवाह गर्न भारत जान लागेको बताएका थिए। उनीहरू रौतहट र सप्तरीका हुन् र काठमाण्डौंमा सपरिवार डेरा गरी बस्दै आएका थिए।

एक किशोरीको साथबाट एसईई प्रवेशपत्र पनि फेला परेको छ। बिहीबारदेखि एसईई परीक्षा सुरु हुँदैछ।

भाषागत समस्या भएपछि एसएसबीका अधिकारीहरूले माइती नेपाल वीरगन्ज आवधिक गृहसँग सम्पर्क गरेका थिए। माइती नेपालकी बीरगन्ज प्रमुख गोमा पौडेल र उनको टोलीले मितेरी पुलमा पुगेर दुवै किशोरीलाई उद्धार गरेका थिए।

किशोरीहरू र भारतको बिहार वैशाली जिल्लाका युवकहरू १८ वर्षका ‘ए’ र ‘बी’ बीच प्रेम सम्बन्ध रहेको र नेपाल छोडेर भारत जानका लागि योजना बनाएको बताएका छन्। ‘ए’ लामो समयदेखि काठमाडौंमा बसेका थिए र उनको बुवा मिस्त्रीको काम गर्ने गर्दै आएका थिए। उनी राधासँग प्रेम सम्बन्धमा थिए, जबकि ‘बी’ र सुनिता बीच मोबाइलमार्फत प्रेम सम्बन्ध स्थापित भएको थियो।

दुवै किशोरीलाई भारततर्फ लाग्ने क्रममा भारतीय सुरक्षाकर्मीको नजरमा पर्न सेके। उनीहरू भारतमा विवाह गर्ने योजना बनाइरहेका थिए। मानव बेचबिखनविरुद्ध कार्यरत संस्थाहरूको निगरानीको अभावमा किशोरीहरूले सीमाबाट भारत जान खोजिरहेका थिए।

माइती नेपाल बीरगन्ज आवधिक गृह प्रमुख गोमा पौडेलले भने, “किशोरीहरूको अभिभावकसँग सम्पर्क गर्ने प्रयास जारी छ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *