वीरगन्ज :

गर्मी बढेसँगै वीरगन्जमा लामखुट्टेको बिगबिगी

श्रेणी : BANNER

6 hours
Pradeep Sah
2.0kViews
1228 Shares

पर्सा,०३ चैत । गर्मी बढेसँगै वीरगन्जमा लामखुट्टेको समस्या पनि बढ्न थालेको छ। फागुन मध्यदेखि नै लामखुट्टेको टोकाइले स्थानीय बासिन्दालाई हैरान पारिरहेको छ। विशेष गरी बिहान र बेलुकी लामखुट्टे बढी सक्रिय हुने भएकाले सर्वसाधारण थप सास्ती खेप्न बाध्य छन्।

वीरगन्ज महानगरभित्रका भित्री सडक र विभिन्न स्थानमा फोहर व्यवस्थापन प्रभावकारी नहुँदा समस्या झन् चर्किएको स्थानीयहरूको गुनासो छ। वीरगन्ज महानगरपालिका–६ मिनाबजारका व्यापारी परशुराम तेलीका अनुसार लामखुट्टेको टोकाइ बढिरहेको छ, तर नियन्त्रणका लागि महानगरले कुनै ठोस कदम नचालेको गुनासो छ। यस्तै, महानगरपालिका–४ बिर्ताका राकेश झाले वीरगन्ज ‘मच्छडगञ्ज’ बनेको टिप्पणी गर्दै लामखुट्टे नियन्त्रणमा बेवास्ता हुँदा डेङ्गीको जोखिमसमेत बढेको बताए।

महानगरपालिकाको सरसफाइ व्यवस्थापन शाखा प्रमुख सर्फुदिन मियाँका अनुसार महानगरले आजदेखि सबै वडामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गर्ने तयारी गरेको छ। चैत २४ गतेसम्म चल्ने अभियानलाई प्रभावकारी बनाउन कार्यतालिका बनाएर काम गरिने उनले जानकारी दिए।

स्थानीय बासिन्दाले लामखुट्टे नियन्त्रणका लागि महानगरको पहललाई स्वागत गरे पनि तत्काल छरपस्ट फोहरमैला व्यवस्थापन र सरसफाइ सुधार गर्नुपर्ने माग राखेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *