वीरगन्ज :

रौतहटमा होली खेल्ने क्रममा दुई समूहबीच झडप, तीन घाइते

श्रेणी : मधेस

4 months
Pradeep Sah
2.8kViews
1859 Shares

जनकपुर, २ चैत्र । रौतहटकाे कटहरीया नगरपालिका-९ डुमरिया गाउँमा होली मनाउने क्रममा शुक्रबार राति झडप भएको हो । झडप नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ ।

झडपका क्रममा दुई पक्षबीच ढुंगा हानाहान भएको र घाइतेलाई उद्धार गर्न गएका तीन वटा एम्बुलेन्समा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।

होली खेल्दै गर्दा बाबा डिस्टिलरीका सञ्चालक ओम प्रकाश जयसवाल र कटहरिया-९ डुमरियाका वडा अध्यक्ष रामाज्ञा यादव पक्षबीच भएको दोहोरो झडपमा दुवै पक्षका गरी तीन जना घाइते भएका छन् ।

घाइतेमध्ये वडा अध्यक्ष यादवका भतिज राजकुमार यादवको टाउकोमा गहिरो चोट लागेको र उनकै पक्षका महबुब मिंयाको अनुहारमा गहिरो चोट लागेको छ। उनीहरूलाई थप उपचारको लागि राति नै एम्बुलेन्सबाट विरगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

त्यसैगरी जयसवाल पक्षका घाइते जटाशंकर साहको गरुडास्थित एउटा निजी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले वडाध्यक्ष रामाज्ञा यादवसहित ५ जना लाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *