वीरगन्ज :

वीरगन्जकाे मुख्य सडक विस्तारको मुद्दा टुंग्याउन सांसद निर्मला कोइरालाको आग्रह

श्रेणी : BANNER

5 months
Pradeep Sah
1.7kViews
1679 Shares

वीरगन्ज,०४ फाल्गुन । प्रतिनिधि सभा सदस्य निर्मला कोइरालाले लामो समयदेखि सर्वोच्च अदालतमा विचाराधीन वीरगन्ज मुख्य सडक विस्तारसम्बन्धी मुद्दालाई किनारा लगाउन माग गरेकी छन् । उनले आइतबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै अदालतलाई चाँडो निर्णय दिन आग्रह गरिन् ।

सांसद कोइरालाले अदालतले समयमै किनारा नलगाउँदा वीरगन्जकाे विकास अवरुद्ध भएको बताइन् । “मुख्य सडक विस्तारबारे अदालतले चाँडो निर्णय गर्नुपर्छ। मुद्दा लम्बिँदै जाँदा विकास कार्य रोकिएको छ, घरधनीहरू अन्योलमा छन्, सहरको स्वरूप नै प्रभावित भएको छ,” उनले भनिन् ।

लामो समयदेखि विचाराधीन रहेको यो मुद्दाको पेशी यही फागुन २८ गते तोकिएको छ । तर, होली पर्वको अघिल्लो दिन परेकाले यस पटक पनि मुद्दाले प्राथमिकता नपाउने र अन्योलमै रहने आशङ्का गरिएको छ ।

सांसद कोइरालाले ढिलो न्याय अन्यायसरह हुने भन्दै अदालतलाई यस पटक मुद्दा टुङ्ग्याउन आग्रह गरिन् । “सर्वोच्च अदालतले अब कुनै निर्णय लिनुपर्छ, अन्यथा वीरगन्जकाे विकासमा निरन्तर बाधा पर्नेछ,” उनले चेतावनी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *