वीरगन्ज :

पर्साको ठोरीमा भारतीय नागरिकको शव फेला,हत्याको आशंका

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
Pradeep Sah
2.1kViews
1312 Shares

ठोरी, २९ माघ । पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नम्बर ५ स्थित बाघमोर्चा पुलको दक्षिणमा भारतीय सीमाना नजिक आज बिहान हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

स्थानीयले झाडीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय ठोरीका निरीक्षक रन्जित लामाका अनुसार मृतक भारतको पश्चिमी चम्पारण मानपुर थाना अन्तर्गत चौहाटा निवासी ४५ वर्षीय राजदेव माझि रहेको पुष्टी भएको छ ।

घटनास्थलमा मृतकको साथबाट मोबाइल र डायरी बरामद भएको छ। घटनाको प्रकृति हेर्दा हत्या गरी शव फालिएको आशंका गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको थप अनुसन्धान जारी रहेको जानाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *