
श्रेणी : अन्तर्राष्ट्रिय
काठमाडौँ, २५ माघ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ। अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको अर्धवर्षिक प्रतिवेदनअनुसार यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.१ प्रतिशतले वृद्धि भएको हो।
वैदेशिक रोजगारीको बढोत्तरी
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ११.७ प्रतिशतले बढेर दुई लाख ३० हजार ४३९ पुगेको छ। पुनः श्रम स्वीकृति लिनेको संख्या २१.४ प्रतिशतले वृद्धि भई एक लाख ६२ हजार ६२८ पुगेको छ।
व्यापारको स्थिति
वस्तु निर्यात: ३१.८ प्रतिशतले वृद्धि भई ९८ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ।
वस्तु आयात: ७.१ प्रतिशतले बढेर ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ।
व्यापार घाटा: ४.४ प्रतिशतले वृद्धि भई ७ खर्ब २३ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ।
विदेशी विनिमय सञ्चिति र शोधनान्तर स्थिति
गत पुस मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ, जुन १७.३ महिनाको वस्तु आयात धान्न पर्याप्त छ।
आयात-निर्यातको विवरण
निर्यात वृद्धि: सोयाबिन तेल, चिया, पोलिस्टर यार्न, अलैंचीको माग बढेको ।
आयात वृद्धि: कच्चा भटमास तेल, चामल, सवारी साधनका स्पेयर पार्ट्सको आयात बढेको ।
आयात घटेको: पेट्रोलियम पदार्थ, सुन, रासायनिक मल, केराउलगायत वस्तु ।
अर्थ मन्त्रालयले आर्थिक चाप व्यवस्थापनका लागि निर्यात प्रवर्धन र आयात व्यवस्थापनलाई सन्तुलनमा राख्न आवश्यक रहेको जनाएको छ ।


प्रतिक्रिया