श्रेणी : अपराध
      2.0kViews
      
      
      1179
      Shares
      
      
वीरगन्ज, २१ माघ । बारा प्रहरीले विशेष सूचनाको आधारमा लागूऔषध अफिमसहित ४५ वर्षीय भीमलाल मोक्तानलाई नियनत्रणमा लिएको छ ।
प्रहरीका अनुसार, मोक्तानले खैरो झोलामा लुकाइछिपाइ अफिम बोकेर हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो। आईतबार बेलुका करिब ४ बजे, वीरगन्ज–पथलैया सडकखण्डको सिमरा चोकबाट लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय सिमराको संयुक्त टोलीले मोक्तानलाई नियनत्रणमा लिएको हाे ।
प्रहरीले मोक्तानको कब्जामा अफिम बरामद गरेको र उनलाई अनुसन्धानका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
    
    
    
									
									
									
									
        
        
प्रतिक्रिया