![](https://birgunjreport.com/wp-content/uploads/2025/01/cdo-brj.webp)
श्रेणी : मधेस
वीरगन्ज, ०८ माघ । पर्सा जिल्लामा स्वास्थ्य क्षेत्रलाई थप प्रभावकारी, पारदर्शी, र नागरिकमैत्री बनाउन एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा भएको उक्त बैठकमा सरकारी, निजी, र सामुदायिक अस्पतालहरूको सेवा सुधार र शुल्कमा एकरूपता ल्याउने निर्णय गरिएको छ ।
बैठकमा अस्पताल अनुगमनलाई प्रभावकारी बनाउन विषय विज्ञ र नेपाल चिकित्सक सङ्घको प्रतिनिधित्व रहेको अनुगमन टोली गठन गर्ने निर्णय पनि लिइएको छ। साथै, स्वास्थ्यकर्मीहरूको सुरक्षा र उनीहरूको सुविधाका बारेमा कुनै भेदभाव नगर्न र उनीहरूको सेवाबाट हटाउन रोक लगाउने निर्णय गरिएको छ ।
अन्य निर्णयहरूमा नागरिकमैत्री सूचना व्यवस्थापन र अस्पतालमा स्वास्थ्यकर्मीको आचारसंहिता पालनालाई सुनिश्चित गर्नु र शून्य सहनशीलता नीतिको माध्यमबाट उच्छृङ्खल गतिविधि रोक्न प्रतिबद्धता जनाइएको छ ।
पर्सा जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले दर्ता नभएका एम्बुलेन्सहरूको दर्ता प्रक्रिया पूरा गर्न १५ दिनको समय सीमा तोकेको छ ।
यो बैठकले पर्सा जिल्लामा स्वास्थ्य सेवाको गुणस्तर र पारदर्शिता सुधारका लागि महत्वपूर्ण कदमका रूपमा मूल्यांकन गरिएको छ ।
![](https://birgunjreport.com/wp-content/uploads/2023/12/laingik-hinsa-1536x458-1.jpg)
प्रतिक्रिया