श्रेणी : अन्तर्राष्ट्रिय
बीरगन्ज,०७ माघ । सशस्त्र प्रहरीले वीरगञ्जको भन्सार क्षेत्रबाट स्रोत नखुलेको रु ६ लाख ५ हजारसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति भारतको पूर्वी चम्पारण पन्टोका ग्राम पञ्चायत वडा नम्बर १ भलुवाहाका ३८ वर्षीय विशेश्वर यादव हुन्।
सीमा सुरक्षा गुल्म बीरगन्जबाट खटिएको प्रहरी टोलीले बीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित भन्सार मेनगेटमा चेकजाँचका क्रममा यादवलाई नियन्त्रणमा लिएको हो।
भारतबाट नेपालतर्फ आउदै गरेको बा ४१ प ८४९३ नम्बरको मोटरसाईकलमा सवार यादवलाई चेकजाँच गर्ने क्रममा उनीसँग नेपाली रुपैया ६ लाख ५ हजार १८५ भेट्यो । सोधीखोजी गर्दा उनले ती रुपैयाको स्रोत खुलाउन नसकेको कारण नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीले बताए ।
नियन्त्रणमा लिइएको यादव सवार मोटरसाईकलको दुई लाख र उनीबाट बरामद १ थान मोवाईलको मुल्यांकन मूल्य २५ हजार कायम गरिएको छ ।
प्रतिक्रिया