वीरगन्ज :

बीरगंज महानगरपालिकाको डिजिटल बोर्डमा ‘I Love You Kalu’ देखापरेपछि छानबिन सुरु

श्रेणी : BANNER

2 years
Pradeep Sah
3.1kViews
1036 Shares

बीरगंज । बीरगंज महानगरपालिकाको मुख्य प्रवेशद्वारमा रहेको डिजिटल डिस्प्ले बोर्डमा आपत्तिजनक सामग्री प्रदर्शन भएको घटनाप्रति महानगरले छानबिन थालेको छ।

गत पुस २८ गते साँझ ५:०० बजे बोर्डमा “I Love You Kalu” लेखिएको सामग्री देखा परेको थियो, जसले महानगरको छवि र प्राधिकृत प्रयोगप्रति प्रश्न उठाएको छ।

महानगरपालिकाले यस घटनाबारे सम्बन्धित व्यक्तिलाई पहिचान गरी आवश्यक कारबाही गर्न निर्देशन दिएको छ। साथै, यस्ता घटनाहरू भविष्यमा दोहोरिन नदिन सुरक्षा प्रणालीलाई थप सुदृढ बनाउने आश्वासन पनि दिएको छ।

महानगरले डिजिटल बोर्डलाई व्यावसायिक र मर्यादित तरिकाले प्रयोग गर्न प्रतिबद्ध रहेको जनाउँदै यो घटना अस्वाभाविक भएको बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *