वीरगन्ज :

माओवादीको स्थायी कमिटी र केन्द्रीय समिति बैठक बस्दै

श्रेणी : प्रदेश

1 month
Pradeep Sah
2.9kViews
1499 Shares

काठमाडौं,२१ पुस – नेकपा माओवादी केन्द्रले आज आफ्नो स्थायी कमिटी र केन्द्रीय समितिको बैठक बोलाएको छ । स्थायी कमिटीको बैठक बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडा र केन्द्रीय कमिटी बैठक दिउँसो १ बजे धुम्बाराही स्थित एक ब्याङ्केटमा बस्ने केन्द्रीय कार्यालयले जनाएको छ ।

शनिवार २ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भए पछि आज बस्न लागेको हो । आज दिउँसो सुरु हुने केन्द्रीय समिति बैठकमा पेश गर्न लागेको ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको सङ्कल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिन स्थायी कमिटी बस्न लागेको हो ।

यसैबीच दिउँसो १ बजे बस्ने केन्द्रिय समिति बैठकमा अध्यक्ष प्रचण्डले ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको सङ्कल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गर्ने एजेण्टा रहेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *