वीरगन्ज :

बुधबार पार्टी घोषणा गर्ने तयारीमा भीम रावल

श्रेणी : प्रदेश

7 months
Pradeep Sah
2.3kViews
1906 Shares

काठमाडौं, १५ पुस । नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले आगामी बुधबार (पुस १७ गते) पार्टी घोषणा गर्ने भएका छन् ।

रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका थिए ।

रावलनिकट स्रोतका अनुसार आगामी बुधबार दिउँसो १ बजे पार्टी घोषणा गर्नेगरी पत्रकार सम्मेलन आयोजना हुने भएको छ । काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन हुने स्रोतले जानकारी दिए ।

सोमबार बिहान मात्रै उनले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *