वीरगन्ज :

७० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

श्रेणी : अर्थ

1 month
Pradeep Sah
2.6kViews
1089 Shares

काठमाडौं, १४ पुस । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ बराबर तरलता खिच्ने भएको छ ।

निक्षेप संकलन उपकरण मार्फत बोलकबोलबाट ७० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

२१ दिन अवधिको निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ ।

आइतबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको साँवा र ब्याज भुक्तानी ६ माघमा हुने राष्ट्र बैंकले जनाएको छ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष सुरुवातबाटै राष्ट्र बैकले निरन्तर तरलता खिचिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *