श्रेणी : खेलकुद
काठमाण्डाै, ०४ पुस । कर्णाली याक्सलाई हराउँदै जनकपुर बाेल्ट्स पहिलाे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे फाइनलमा पुगेकाे छ ।
आज भएकाे दाेस्राे क्वालिफायरमा जनकपुरले कर्णालीलाई २ विकेटले हरायाे । कर्णालीले दिएकाे १ सय १९ रनकाे लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर भेटायाे । जनकपुरका जेम्स नीशमले १७ बलमा ४५ रन बनाए । कर्णालीका विपिन शर्माले २ विकेट लिए ।
यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनायाे । कर्णालीका गुल्सन झाले २५, देव खनालले २४ रन बनाए । जनकपुरका ललित राजवंशी, जेम्स नीशम र माेहम्मद माेहसिनले २/२ विकेट लिए ।
अब जनकपुरले फाइनलमा उपाधिका लागि सुदूरपश्चिम राेयल्ससँग खेल्नेछन् । सुदूरपश्चिमले पहिलाे क्वालिफायरमा हिजाे जनकपुरलाई हराउँदै फाइनलमा पुगेकाे थियाे । हिजोको खेल हारे पनि जनकपुरले फाइनल पुग्न अर्काे मौका पाएको हाे ।
हिजै भएको इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको थियाे ।
प्रतियोगिताको फाइनल खेल शनिवार हुनेछ ।
प्रतिक्रिया