वीरगन्ज :

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत घरदैलाे

श्रेणी : मधेस

9 months
Pradeep Sah
2.2kViews
1289 Shares

वीरगंज । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत विहिबार वीरगंज महानगरपालिकाकाे वडा नम्बर १४ मा रहेका श्री दुर्गा माता समुदाय सिकाई केन्द्रले घरदैलाे कार्यक्रम गरेकाे छ ।

“हामी सबैकाे प्रतिवद्धता : लैङ्गिक हिंसा अन्त्यकाे लागि ऐक्यवद्धता” काे नारा सहित वीरगंज महानगरपालिका वडा नम्बर १४ काे कार्यालयकाकाे समन्वयमा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे । वडा कार्यालयबाट सुरु भएकाे घरदैलाे वडा नम्बर १४ का विभिन्न टोलहरुकाे घरघरमा पुगेर १६ दिने लैङ्गिक अभियान विरुद्धका जनचेताना फैलाइएकाे श्री दुर्गा माता सामुदायिक सिकाई केन्द्रका परिचालिका रन्जु कुमारी पटेलले जानकारी गराइन ।

सामुदायिक सिकाई केन्द्रका अध्यक्ष रुपेश कुमार शाहका अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष महबुब एलाहि, वडा सदस्य कान्ति देवि, वडा सचिव राजेश डंगोल, स्वास्थ्य चौकीका कर्मचारी मनोज कुशवाहा, चन्द्ररेखा चौधरी, पार्वती लामिछाने, रन्जु ठाकुर, विजय शाह, उपेन्द्र ठाकुर, राहुल कुमार शाह लगायतकाे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *