
श्रेणी : मधेस
वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहरपुर विर्तामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । नेपाली काङ्ग्रेस वडाध्यक्षका उम्मेदवार राजेश प्रसाद कुर्मीकाे आयाेजनामा भएकाे कार्यक्रममा ५ महिला सहित ३९ जनाले रक्तदान गरेका हुन् ।
आयाेजक कुर्मी कै अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य रमेश रिजालले गरेका थिए । साे कार्यक्रममा शैलेन्द्र त्रिपाठी, विकास साह तेली, बद्री साह, रामविश्वास महताे, विकास पटेल, दिपेन्द्र कुमार कुर्मी, गम्भिरा महताे केवट, अमित कुमार महताे, कृति कुमारी, निभा देवी, शशिभुषण प्रसाद, अकलेश कुमार महताे, संजय प्रसाद चाैहान, निकेश पटेल, संताेष प्रसाद चाैरसिया, सुमन प्रसाद कुर्मी, विनय पटेल, नसिर मियाँ लगायतले रक्तदान गरेकाे हुन् ।
रक्तदान कार्यक्रममा नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, काेषाध्यक्ष प्रेम थापा, जिल्ला सदस्य अजय पटेल, स्थानिय नेता राधाकिशुन चाैरसिया, रजाक मियाँ, रक्त संचार केन्द्र वीरगंजका प्रमुख सराैभ राज पाण्डे लगायतकाे उपस्थिती रहेकाे थियाे ।


प्रतिक्रिया