वीरगन्ज :

कालिकामाईकाे गदियानीमा निर्माण भएकाे मस्जिद उद्घाटन

श्रेणी : धर्म संस्कृति

2 years
Pradeep Sah
2.0kViews
1578 Shares

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाकाे वडा नं. २ स्थित सानाे गदियानीमा नवनिर्मित मस्जिदकाे उद्घाटन गरिएकाे छ । करिब ५५ लाखकाे लागमा निर्माण भएकाे मस्जिदकाे शुक्रबार महमद हनीले नेमाज पढेर उद्घाटन गरेका हुन् ।

साे मस्जिद निर्माणकाे लागि स्थानिय नक्छेद मियाँले १८ धुर जग्गा दान गरेका थिए । १८ लाख मुल्य पर्ने साेही जग्गामा ८ महिना मस्जिदकाे निर्माण कार्य सम्पन्न भएकाे स्थानियहरुले वताएका छन् ।

मस्जिद उद्घाटन कार्यक्रममा जगरनाथपुर गाउँपालिकाकाे पूर्व अध्यक्ष जालिम मियाँ, पत्रकार छठु साह, स्थानिय नेता पप्पु खाँ पैठान लगायत सबैठवा, बलुवा, लहावरथकरी, मुडली, टिनडाेबिया, रबिदास, जगरनाथपुर, भिस्वाका मुस्लिम अगुवाहरुकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *