वीरगन्ज :

साढे १० बजेसम्म पसलहरु खुला राख्न पाउनुपर्ने व्यवसायीहरुको माग

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.2kViews
1811 Shares

वीरगंज । रौतहट उद्योग वाणिज्य संघले राति साढे १० बजे सम्म पसलहरु खुला राख्न पाउनु पर्ने माग गरेकाे छ । धारासायी बन्दै गएको व्यापार क्षेत्रलाई जिवन्त राख्ने उद्देश्यसाथ संघले व्यवसायीहरुको माग राख्दै बुधवार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएकाे हाे ।

रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पंडित प्रसाद जयसवालको नेतृत्वमा गएका व्यवसायीहरुकाे टाेलीले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई व्यसायीहरुको पीडा मर्कालाई ध्यानमा राख्दै राजस्व संकलनको निमित्त भएपनि राति १०.३० बजे सम्म पसल खुला रहनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्र मार्फत रौतहटकाे सदरमुकाम गौरमा रहेका मदिरा पसल तथा होटल व्यवसायलाई ८ बजे सम्म खुला राख्ने प्रावधानलाई परिवर्तन गर्दै १०.३० बजे सम्म खुला राख्नुपर्ने माग गरिएको छ ।

गर्मीको मौसममा ८ बजेपछि मात्रै ग्राहकहरु आउने गरेको हुँदा व्यवसायीहरु पिडित बन्दै गएको अवस्थालाई मध्यनजर राख्दै राजस्व बढाउन तथा व्यवसायीहरुको व्यापार संचालनका निमित्त साढे १० बजे सम्म पसलहरु खुला राख्नुपर्ने व्यवस्थापन गराउनका लागि प्रजिअ रेग्मी संग संघले आग्रह गरेकाे छ ।

ज्ञापन पत्र बुझाउने टाेलीमा व्यवसायी रितेश अग्रवाल, रवी गोपाली, जितेन्द्र साह, अमित केसरी लगायतका व्यवसायीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *