वीरगन्ज :

बारामा टिपरकाे ठक्करबाट पूर्व अनुसन्धान अधिकृत थापाकाे मृत्यु

श्रेणी : BANNER

1 year
Pradeep Sah
1.8kViews
1747 Shares
वीरगंज । बाराको कलैया उपमहानगरपालिका १६ मा बुधवार बेलुकी टिप्परको ठक्करबाट राष्ट्रिय अनुसन्धान विभागका पूर्व अनुसन्धान अधिकृतको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका – ५ घुसुकपुर निवासी पूर्व अनुसन्धान अधिकृत ६० वर्षीय विष्णु थापा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पिलुवाबाट कलैया तर्फ आउँदै गरेको ना ३० प ९८३० नम्बरको मोटरसाइकलमा सवार थापालाई विपरीत दिशाबाट जाँदै गरेको ना ८ ख २१९५ नम्बरको टिपरले उक्तरझिटकैया गाउँ नजिकै ठक्कर दिएको प्रहरीले जनाएको छ । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *