वीरगन्ज :

बलिदानबाट प्राप्त उपलब्धिमाथि कुठाराघात हुने खतरा बढ्योः अध्यक्ष नेपाल

श्रेणी : BANNER

2 years
birgunj report
36Views
0 Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देश बनाउने सवालमा नेता इमान्दार बन्नुपर्ने बताएका छन् ।

अनेरास्ववियू काठमाडौँ जिल्ला कमिटीद्वारा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पछिल्लो समयमा राजनीतिक दलका शीर्ष नेताहरु नै देशप्रति इमान्दार नभएको भन्दै देश र जनतालाई साक्षी राखेर इमान्दारिता कायम गर्नुपर्नेमा जोड दिए ।

उनले भने, “देशमा धेरै समस्या छन्, धेरै समस्यामध्ये पहिलो समस्या भनेको बन्नुपर्ने जति इमान्दार भएका छैनौँ, देश बनाउने भावनाले ओतप्रोत भएका छैनौँ, देश र जनातालाई केन्द्रविन्दुमा राखेका छैनौँ, हाम्रो सम्मानमा कुनै ठेस लाग्ने काम भयो भने, नेपालीलाई त्यो स्वीकार्य हुँदैन ।”

राजनीतिक दलका नेताहरु जनताप्रति जवाफदेही हुने र देशप्रति इमान्दार हुनेभन्दा पनि व्यक्तिगत स्वार्थमा केन्द्रित हुने गरेको नेपालको भनाइ छ । उनले पटकपटकको सङ्घर्ष र बलिदानबाट देशमा प्राप्त उपलब्धिमाथि कुठाराघात हुने खतरा बढ्दै गएको भन्दै त्यसलाई जोगाउनका निम्ति देशपे्रमी जनता एकजुट हुनुपर्नेमा जोड दिए ।

उनले भने, “संविधानले धेरैको मुद्दा सम्बोधन गरेको छ, धेरै ठूलो मेहनत गरेर बनाएको संविधानले धेरै अधिकार दिएको छ, संविधान लेखनमा कुनै कुरामा कमी नभए पनि कार्यान्वयनमा समस्या देखिएको छ, त्यसो हुनुहुँदैन ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *