वीरगन्ज :

सुडान पूर्णतया गृहयुद्धको अवस्थामाः राष्ट्रसङ्घ

श्रेणी : अन्तर्राष्ट्रिय

1 year
birgunj report
36Views
0 Shares

संयुक्त राष्ट्रसङ्घले सुडानको एक आवासीय क्षेत्रमा भएको हवाई आक्रमणमा परी करिब दुई दर्जन सर्वसाधारणको मृत्यु भएपछि द्वन्द्वग्रस्त सुडान ‘पूर्ण गृहयुद्ध’को सङ्घारमा पुगेको चेतावनी दिएको छ ।

खार्तूमको भगिनी शहर ओमदुरमानमा भएको हवाई आक्रमणमा परी २२ जनाको मृत्यु हुनुका साथै ठूलो सङ्ख्यामा सर्वसाधारण घाइते भएको सुडानी स्वास्थ्य मन्त्रालयले जनाएको छ । सुडानका प्रतिद्वन्द्वी जनरलहरूबीच करिब तीन महिना लामो युद्धपछि भएको यो हवाई आक्रमण आक्रोश भड्काउने पछिल्लो घटना हो ।

स्वास्थ्य मन्त्रालयले फेसबुकमा पोस्ट गरेको भिडियोमा हवाई आक्रमणपछि टुक्रा–टुक्रा पारिएको शव आंशिक रूपमा भुइँमा ढाकिएको देखिएको छ । पीडितमध्ये कैयौँ महिला पनि थिए ।

अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) ले हवाई आक्रमणमा ३१ जनाको मृत्यु भएको दाबी गरेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले ओमदुरमानमा भएको हवाई आक्रमणमा परी कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको पुष्टि गर्दै यस घटनाले राष्ट्रसङ्घलाई चिन्तित बनाएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *