श्रेणी : राजनीति
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिभा बैठकमा अध्यक्ष साहले कृषि क्षेत्रको प्रोत्साहनका लागि, किसानको सम्मानको लागि पनि उनीहरुलाई पेन्सन दिने व्यवस्था गर्न सरकारले आँट गर्नुपर्ने गर्नुपर्ने बताएका हुन् ।
अध्यक्ष साहले लुटेर बसेका कर्मचारीहरुलाई पेन्सन दिने तर किसानलाई नदिने काम नगर्न पनि सरकारलाई सचेत गराए । विनियोजित बजेटले कृषि क्षेत्रतर्फ आकर्षित गर्न सक्ने सम्भावना नरहेको उल्लेख गर्दै त्यसतर्फ विशेष ध्यान पुर्याउन पनि उनले सरकारलाई सुझाव दिए । अध्यक्ष साहले गरिबले पनि पढ्न सक्ने वातावरणको निर्माण हुने गरी शिक्षा क्षेत्रका बजेटको उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया