श्रेणी : अर्थ
      89Views
      
      
      0
      Shares
      
      
काठमाडौं, भदौ २१ गते
सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार तेस्रो दिन मंगलबार पनि सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रतितोला ९३ हजार ७०० रुपैयाँ कायम गरेको छापावाला सुनको मूल्य मंगलबार ९४ हजार रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै, तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । सोमबार प्रतितोला ९३ हजार २०० रुपैयाँ रहेको थियो । त्यस्तै, महासंघका अनुसार मंगलबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ११ सय २५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य तोलामा ११ सय १५ रुपैयाँ रहेको थियो ।
    
    
    
									
									
									
									
									
									
        
        
प्रतिक्रिया