वीरगन्ज :

नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य कदमः बाबुराम भट्टराई

श्रेणी : राजनीति

2 years
birgunj report
30Views
0 Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण हुनु जायज भएको बताएका छन् । बुधबार सामाजिक संजालमार्फत भट्टराईले यसको विरोध गर्नुको औचित्य नभएको बताएका हुन् ।

उनले भनेका छन् ‘ढिलै भए पनि राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण हुनु र जायज नागरिकताको अधिकारबाट वन्चित लाखौं युवाहरूले आफ्नो सुन्दर भविष्यको ढोका खोल्न पाउनु स्वागतयोग्य कुरा हो । नागरिकता जस्तो नैसर्गिक अधिकारको विषयलाई कुनै जाति, धर्म, लिंगसँग जोडेर आफूलाई मात्र देशभक्त र अरूलाई राष्ट्रिघाती भन्ने पाखण्डी हर्कत कसैले नगरून् ! जुनसुकै जाति÷धर्म÷लिंगको व्यक्ति देशभक्त वा राष्ट्रघाती हुनसक्छ तर पूरै जाति वा समूह हैन !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *