वीरगन्ज :

प्रहरीकै संरक्षणमा तस्करी गर्दै मुन्ना जयसवाल, कारबाही गर्ने निकायसम्म सेटिङ्ग

प्रहरीकै संरक्षणमा तस्करी गर्दै मुन्ना जयसवाल, कारबाही गर्ने निकायसम्म सेटिङ्ग

श्रेणी : BANNER

2 years
Pradeep Sah
16Views
0 Shares

राहुल गुप्ता

वीरगंज । वर्षौँदेखि तस्करीलाई नै आफ्नो व्यवसाय बनाएका पर्साको भिस्वाका किशोर जयसवाल र उनका छोरा मुन्ना जयसवालको तस्करी धन्धा पुनः सुरु भएको पाइएको छ । छिपहरमाई गाउँपालिका वडा नं. ५ भिस्वा निवासी किशोर जयसवाल र मुन्ना जयसवालले भिस्वा बजारबाट भारतको सिकटा बजारसम्म पु¥याउने तस्करीको धन्धा अहिले व्यापक बढेको पाइएको हो ।
उनीहरू नेपाल प्रहरीको भिस्वा चौकी र सशस्त्र प्रहरी बन्जारीका हाकिमहरूसँग सेटिङ मिलाएर दैनिक पाँच ट्रयाक्टर चाईनिज स्याउ, भारततर्फ पठाउने गरेको पाईएको छ ।

चाईनिज स्याउसंगसंगै सुपारी, मरीच जस्ता दिनहु लाखौं मूल्य बराबरको मालसामान तस्करीमार्फत भारतको सिकटास्थित आफ्नै गोदाममा पठाउँदै आएको पाईएको छ । बाबुछोरा दुवै जनाले आफ्ना नजिकका व्यक्ति रामु जयसवाल र हरि कोईरीलाई राखी चाईनिज स्याउन, सुपारी, मरीच लगायतका सामानहरूको तस्करी गर्दै आइरहेका छन् ।

नेपाल–भारत बोर्डरको दशगजा क्षेत्र नजिक भिस्वा बजार र भारतको सिक्टास्थित एक राईस मिलमा गोदाम राखी स्थानीय प्रहरी प्रशासनको मिलेमतोमा तस्करीको मालसामान आयात निर्यात गराउँदै आएको स्थानीयले बताएका छन् ।

नाम नराख्ने सर्तमा एक जना स्थानीयले भने, ‘‘मुन्ना जयसवालले भिस्वा बजारमा नै एक गोदाम राखेका छन्, जुन भारतको सीमासँग करिब एक सय मिटरको दुरीमा होला’, उनले अगाडी भने,‘ उक्त गोदामबाट रातीको समयमा स्थानीय करिब १ सय ५० जनाभन्दा बढी कामदारमार्फत प्रहरीको मिलेमतोमा दैनिक लाखौँ मूल्य बराबरको तस्करीको सामान भारत पठाउने गरेका छन् । वीरगंज लगायत विभिन्न ठाउँबाट खरिद गरेका मालसामान बजार व्यवस्थापनको नाममा भिस्वास्थित गोदाममा राखी प्रहरीको संरक्षणमा रातीको समयमा तस्करीमार्फत भारत पठाउने गरेका छन् ।

यिनीहरूको माल कटाउनको लागि सिक्टाको पप्पु र भिस्वाको लड्डुले कामदारहरू ल्याई ठेक्का लिई भारततर्फ माल कटाउने गरेको बताइएको छ । स्थानीय प्रहरी मात्र नभई जिल्लाका प्रहरीलाई समेत मिलाई उक्त ठाउँबाट ठुलो मात्रामा तस्करी हुने गरेको स्थानीयले बताएका छन् । मुन्नासहितका व्यापारीहरुले बर्षाैदेखी तस्करी नै गरि करोडौंको अकुत सम्पतीसमेत जोडेको स्थानीयको अरोप छ । पर्सामै नाम चलेको तस्करको रुपमा परिचित मुन्ना जयसवालको तस्करीधन्धा बारे विगतदेखी नै विभिन्न संचारमाध्यमले कयौँपटक समाचार प्रकाशन गरिसकेका छन् । यिनी भने पैसाको बल कारोबारलाई निरन्तरता दिदै आएका छन् ।

कुनै पनि व्यापार गर्ने व्यापारीले कारोबार गर्ने स्थलमा पान÷भ्याट नम्बर वा कम्पनीको नाम देख्ने गरी अनिवार्य राख्ने कानुनी प्रावधान भएपनि जयसवालले भिस्वा बजारमा राखेको गोदाममा कम्पनीको नाम समेत राखेका छैनन् । सरकारले उठाउनु पर्ने राजश्व छल्ने कारोबार गर्ने जयसवालमाथि राजश्व कार्यालय वीरगंजले निगरानी गर्नु पर्नेमा त्यस्तो नहुँदा तस्करी मार्फत भिस्वाबाट दैनिक लाखौँ मूल्य बराबरको तस्करी भई सरकारले उठाउने राजश्व गुमिरहेको स्थानीयले गुनासो गरेका छन् ।

राजस्व संकलनमा योगदान निदे राजस्व अनुसन्धान कार्यालय, आन्तरिक राजस्व कार्यालय लगायतका नियामक निकायले जयसवालले गरेको कारोबारको खरिद विक्रि लगायतका कागजात छानबिन गरि अनुसन्धान गर्ने हो भने यिनी कानुनी फन्दामा फस्ने दाबी गरिएको छ । तर प्रहरीदेखी राजस्व अनुसन्धान कार्यालय, अन्तरिक राजस्व कार्यलय लगायतको नियामक सरकारमातहतका कार्यालाई समेत मिलाई जससवालले तस्करी गर्ने गरेको बताईन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *