वीरगन्ज :

शंकर मित्तलको ‘स्वीट मार्ट’ फुड प्रा.लि.मा वाणिज्य कार्यालयको छड्के अनुगमन

शंकर मित्तलको ‘स्वीट मार्ट’ फुड प्रा.लि.मा वाणिज्य कार्यालयको छड्के अनुगमन

श्रेणी : BANNER

2 years
Pradeep Sah
95Views
0 Shares

वीरगंज (पर्सा), १२ चैत / वाणिज्य कार्यालय पर्साले वीरगंजको आदर्शनगर स्थित स्वीट मार्ट फुड प्रा.लि.मा छड्के अनुगमन गरेको छ । वीरगंजका उद्योगी शंकर मित्तलले ठाकुराराम बहुमुखी क्याम्पस पछाडि संचलन गर्दै आएको स्वीट मार्ट फुड प्रा.लि.मा वाणिज्य कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा एवं गुण तथा खाद्य नियन्त्रण कार्यालय पर्साको संयुक्त टोलीले छड्के अनुगमन गरेको हो ।
च्वीङ्गम उत्पादन गर्ने उक्त उद्योगले म्याद सकिएको च्वीङ्गमलाई पुनः नयाँ मिति हालेर बजारमा पठाउने गरेको तथा च्वीङ्गममा अखाद्य वस्तु मिसावट गर्ने गरेका विशेष सूचनाको आधारमा वाणिज्य कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख सुरेश रेग्मीको नेतृत्वमा गएको अनुगमन टोलीले उद्योगले उत्पादन गर्ने च्वीङ्गम, चकलेटहरुको निरीक्षण गरेका थिए । साथै उद्योगले उद्योग संचालनका लागि लिएको कागजात एवं कच्चा पदार्थ आयात एवं निर्यातको कागजातहरु चेकजाँच गरिएको थियो ।
बलबालिकाहरुले खाने चकलेट एवं च्वीङ्गममा अखाद्य वस्तु मिसावट गर्नुका साथै मिति सकि सकिएको चकलेट, च्वीङ्गमलाई बजारबाट संकलन गरि पुनः रिप्याकिङ्ग गर्ने गरिएको उजुरीको आधारमा अनुगमन गरिएको वाणिज्य कार्यालय पर्साका निमित्त प्रमुख सुरेश रेग्मीले जानकारी दिए । उनका अनुसार प्राप्त उजुरीको आधारमा अनुगमन गर्दा खासै त्यस्तो अखाद्य बस्तु मिसावट गरिएको नपाइएको जानकारी दिए ।

उनले अनुगमनको क्रममा उद्योगले केही मापदण्डहरु पालना नगरेको पाइएको छ, उद्योग संचालन गर्दा बोर्ड प्रष्ट देखिने गरि झुण्ड्याउनुपर्ने, अनुमति पत्र प्रष्ट देखिने गरि राखिनुपर्ने जस्ता मापदण्डको पालना नगरेको पाइएको छ, त्यसलाई २४ घण्टा भित्र सच्याएर जानकारी गराउन आदेश दिइएको बताए । उनले उद्योगले म्याद सकेको च्वीङ्गम एवं चकलेट उद्योगमा फेला नपरेको जानकारी दिए ।
यता उद्योगका संचालक शंकर मित्तलले केही उद्योगी व्यापारीले नै अनावश्यक दुःख दिनको लागि उजुरी दिएको आरोप लगाए । उनले यो भन्दा अघि पनि फोहर पानी फालेको भनेर केही व्यक्तिले महानगरपालिकालाई बोलाएर अनावश्यक दुःख दिन लगाएकोले यो कार्य पनि त्यही उद्योगीहरुले नै गरेको हुन सक्ने बताए ।
आफूले उत्पादन गर्ने गरेको च्वीङ्गम एवं चकलेटमा कुनै किसिमको अखाद्य वस्तु मिसावट नगर्ने गरेको दाबी गरे । उनले बच्चाले खाने सामान भएकाले उद्योग पक्षबाट कुनै किसिमको लापरवाही नहुने गरेको भन्दै म्याद सकिएको सामान जहाँ हुन्छ त्यही नै नष्ट गर्ने गरिएको बताए । वीरगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *