वीरगन्ज :

युद्ध अपराधको आरोपमा पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
24Views
0 Shares

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध वारेन्ट जारी गरेको छ । युक्रेनविरुद्ध युद्ध अपराध गरेको आरोपमा पुटिनविरुद्ध वारेन्ट जारी भएको हो ।

पुटिनसँगै बाल अधिकारसम्बन्धी एक आयुक्त मारिया अलेक्सेइभनाविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको बीबीसीले उल्लेख गरेको छ । पुटिनलाई गैरकानुनी रुपमा मानिसहरुलाई स्थानान्तरणको आरोप पनि लगाइएको छ ।

रसियाले युक्रेनका केही स्थानमा आक्रमणलाई तीव्रता दिइरहेको बेला वारेन्ट जारी भएको हो । अन्तर्राष्ट्रिय फौजदारी अदालत नेदरल्यान्डसस्थित अन्तर्राष्ट्रिय स्थायी न्यायाधिकरण संयन्त्र हो ।

जसमा नरसंहार, मानवताविरुद्धको अपराध, युद्ध अपराध र आक्रमणको अपराधको लागि अपराधीहरूकोविरुद्ध मुद्दा चलाइन्छ । पुटिन र रुसविरुद्ध युद्ध अपराधमा फेबुअरी २२ मा मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *