श्रेणी : समाज
      51Views
      
      
      0
      Shares
      
      
सिन्धुली । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आइतबार बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ ।
दुर्घटनामा १९जना घाइते भएका र उनीहरुको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए। घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
    
    
    
									
									
									
									
									
        
        
प्रतिक्रिया