वीरगन्ज :

प्रधानमन्त्रीसँग भारतीय विदेशसचिव क्वात्राको भेट

श्रेणी : राजनीति

2 years
birgunj report
36Views
0 Shares

काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । सोमबार साँझ बालुवाटारमा भएको भेटमा द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

क्वात्राले आजै कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए । तीनदिने नेपाल भ्रमणमा रहेका क्वात्राले सोमबार साँझै पशुपतिनाथको दर्शन गरेका थिए ।

यसअघि उनले परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग पनि भेट गरिसकेका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि छलफल गरेका छन् क्वात्राले मंगलबार पनि राजनीतिक भेटलाई जारी राख्ने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *