श्रेणी : अन्तर्राष्ट्रिय
ब्रिटिश पूर्वप्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमाथि रुसको आक्रमण सन्दर्भमा एक फोन सम्पर्कमा भ्लादिमिर पुटिनले आफूलाई क्षेप्यास्त्र हमलाको धम्की दिएको बताएका छन् ।
जोनसनका अनुसार पुटिनले त्यस्तो आक्रमणका लागि एक मिनेट मात्र लाग्ने बताएका थिए । जोनसनले सन् २०२२ को फेब्रुअरीमा भएको निकै लामो कुराकानीका क्रममा युद्ध पूर्ण रूपमा विध्वंशकारी हुने चेतावनी दिएपछि पुटिनले त्यस्तो टिप्पणी गरिएको बताए ।
उक्त संवादको विवरण बीबीसी निर्मित वृत्तचित्रमा सार्वजनिक गरिएको छ जसमा पुटिनको विश्व नेताहरूसँगको अन्तरक्रियाबारे विश्लेषण गरिएको छ ।
जोनसनले युक्रेनमाथि आक्रमण गर्दा पश्चिमी प्रतिबन्धहरू सामना गर्नुपर्ने र रुसको सिमानामा नेटो सेना थपिने चेतावनी दिएका थिए । उनले पुटिनलाई युक्रेन निकट भविष्यमा नेटोमा संलग्न नहुने बताउँदै रुसको कथित सैन्य कारबाहीलाई रोक्न खोजेका थिए ।
जोनसनले भने, ‘उनले मलाई एक विन्दुमा धम्की दिँदै भने,’बोरिस, म तिमीलाई पीडा दिन चाहन्न तर क्षेप्यास्त्रले चोट पुर्याउन एक मिनेट मात्र लाग्छ।’ पुटिनको धम्की साँचो थियो कि थिएन भन्ने थाहा पाउन असम्भव छ ।
प्रतिक्रिया