श्रेणी : राजनीति
काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयनका लागि प्रतिनिधिसभामा निर्वाचन हुँदैछ । सभामुखको निर्वाचन आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा हुँदैछ ।
प्रतिनिधिसभाको सभामुख पदका लागि मुलुकका प्रमुख दुई दलबाट एक–एक जनाको उम्मेदवारी परेको छ । सत्ता साझेदार दलका तर्फबाट नेकपा एमालेका सांसद देवराज घिमिरे र प्रतिपक्षका तर्फबाट नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेले सभामुखका लागि मनोनयन दर्ता गराएका छन् ।
बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ । प्रतिनिधिसभाको गत पुस २६ गतेको बैठकले माघ ५ गते सभामुखको निर्वाचन गर्ने निर्देशन दिएको थियो ।
सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया