वीरगन्ज :

सिम्रौनगढमा प्रमुख प्रशासकिय अधिकृत हाजिर गराउने विषयमा झडप, एक जनाकाे मृत्यु

श्रेणी : BANNER

2 years
Pradeep Sah
2.5kViews
1443 Shares

बारा । बाराको सिम्रौनगढ नगरपालिकामा बुधबार प्रहरी र आन्दोलनरत कर्मचारीबीच झडप हुँदा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुने स्थानीय सिम्रौनगढ-१ का २५ बर्षीय लक्ष्मी मुखिया बिन रहेका बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । अर्का  १ जना गम्भीर घाइते भएका छन् ।

मृतकको टाउकोमा गोली लागेको र घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले जनाएका छन । अर्का घाइते हरियरपुरका रहेको र उनको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर जाने क्रममा आन्दोलनरत कर्मचारीहरुले हाजिर गर्न नदिएपछि सुरु भएको विवादले भिडन्तको रुप लिएको थियो ।

प्रदर्शनकारीले नगर प्रमुख साह र प्रमुख प्रशासकिय अधिकृत सवार नगरपालिकाकाे बा २ झ ४३५४ नम्बरकाे स्कार्पियाे गाडीमा ढुंगामुडा गरेका थिए ।

प्रदर्शनकारीको ढुंगामुडाबाट १० जना प्रहरी घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।

प्रतिपक्षी समुह तथा अनशनमा बसेका व्यक्तिहरुकाे उग्र प्रदर्शन बढ्दै गएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास तथा हवाइ फायर गरेको थियाे ।  प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेका थिए ।

नगरपालिकाकामा कार्यरत स्थायी,  करार  र ज्यालादारी कर्मचारीहरुले लामो समयसम्म तलव नपाएपछि अनशन बसेका थिए ।

अनशनरत कर्मचारीहरुले वार्तापछि मात्र कार्यकारी अधिकृतलाई हाजिर गराउनुपर्ने माग गरेका थिए । तर नगर प्रमुख साहले प्रशासकिय अधिकृतलाई हाजिर गराउन खोजेपछि भिडन्त भएकाे थियाे ।  कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *