श्रेणी : BANNER
वीरगंज, १३ जेठ – वीरगंजको मुख्य चौक घण्टाघर अगाडि एक जेष्ठ नागरिक लुटिएका छन्। पर्सा जिल्ला सखुवाप्रसौनी गाउँपालिका–३, कटैया दुवरवाना निवासी जोगिन्द्र राउत कुर्मीलाई अज्ञात व्यक्तिले लुटपाट गरेका हुन्।
राजश्री बचत तथा ऋण सहकारी संस्थाबाट लिएको ऋण चुक्ता गर्न कुर्मी मंगलवार वीरगंज आएका थिए। ऋणा तिन पैसा लिएर घण्टाघर क्षेत्रमा हिँड्दै गर्दा अज्ञात व्यक्तिले उनीसँग रहेको झोला झपट्टेर फरार भएका थिए। उक्त झोलामा १ लाख ४० हजार रुपैयाँ नगद रहेको कुर्मीले बताए ।
दिनभरी भीडभाड हुने तथा प्रहरी युनिटसमेत रहेको घण्टाघर क्षेत्रमा भएको लुटपाटले वीरगंजको शान्ति सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। प्रत्यक्षदर्शीका अनुसार जेष्ठ नागरिक कुर्मीले चिच्याउँदै सहयोग माग्दा पनि प्रहरीले तत्काल कुनै कदम चाल्न नसकेको देखिएको छ। तर घण्टाघरमा रहेको प्रहरी युनिटले बुढाको पैसा कहाँ हराएको अथवा खोसिएको उसलाई आफै थाह नभएको तथा घटना स्थलमा कुनै किसिमको हो हल्ला समेत नभएको जनाएको छ ।
पैसा हराएकाे बिषयामा ती व्यक्तिले प्रहरीलाइ जानकारी दिएपिछ मात्र थाह भएको त्यसपछि सिसिटिभी हेर्न जिल्ला प्रहरी कार्यालयमा पठाइएको घण्टाघर प्रहरी चौकीले बताएकाे छ ।
घटनापछि पीडित कुर्मी जिल्ला प्रहरी कार्यालय, पर्सामा जाहेरी दिन पुगेका छन्। तर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले भने अहिलेसम्म औपचारिक जानकारी प्राप्त नभएको प्रतिक्रिया दिएका छन्। उनले घटना भएको भए दोषीलाई पत्ता लगाई कानुनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया