वीरगन्ज :

विदेशी चलखेलका कारण नयाँ राजनीतिक समीकरण बन्योः महासचिव पोखरेल

श्रेणी : राजनीति

2 years
birgunj report
120Views
0 Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देशको पक्षमा उभिन नसक्ने अवस्थामा पुगेको आरोप लगाएका छन् ।

आइतबार २४ औं यदु स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले विगतमा मानवताविरुद्धको अपराध गरेका कारण प्रधानमन्त्री देश र जनताको पक्षमा उभिनै नसक्नेगरी कायरता प्रदर्शन गर्न पुग्नु परेको बताएका हुन् ।

उनले विगतमा अवलम्बन गरेको उग्रवामपन्थी अतिवादका कारण प्रधानमन्त्री प्रचण्डसँग देशलाई सही बाटोमा हिँडाउने सामथ्र्य नै नभएको जिकिर गरे ।

महासचिव पोखरेलले पाँच दलीय गठबन्धन असफल भएपछि आफूहरुले देशलाई जोगाउनका लागि प्रचण्डलाई प्रधानमन्त्री बनाउनु परे पनि उहाँले त्यसलाई धान्न नसकेको बताए ।

महासचिव पोखरेलले विदेशी चलखेलका कारण मुलुकमा नयाँ समीकरण बनेको भन्दै त्यो राष्ट्र र जनताको पक्षमा नरहेको बताए । उनले मुलुकलाई सही बाटोमा अघि बढाउनका लागि देशभक्त, वाम–लोकतान्त्रिक शक्तिहरुबीच बलियो सहकार्यको आवश्यकता रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *