
श्रेणी : अपराध
2.0kViews
1764
Shares
बीरगन्ज, ११ जेठ । बारा जिल्लाको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा आफ्नो कार्यालयमै बसिरहेका बेला आइतबार प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार, वडाध्यक्ष कुशवाहालाई बारा जिल्ला अदालतबाट तीन वटा फरक–फरक कसूरमा सजायको फैसला भइसकेको थियो, जसको कार्यान्वयनका क्रममा उनलाई नियन्त्रणमा लिइएको हो।
कुशवाहाविरुद्ध कुटपिट, चेक अनादर र आपराधिक लाभ लिएको अभियोगमा जिल्ला अदालतले सजाय सुनाएको थियो। सोही फैसलाअनुसार उनलाई कार्यकक्षमै पुगेर पक्राउ गरिएको निरीक्षक श्रेष्ठले जानकारी दिए।
पक्राउ पश्चात वडाध्यक्ष कुशवाहालाई आइतबार नै बारा जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया