श्रेणी : समाचार
7Views
0
Shares
काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयमा आकस्मिक अनुगमनमा पुगेका छन् । मन्त्री श्रेष्ठले मंगलबार यातायात कार्यालयमा अनुगमन गरेका हुन् ।
मन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव विजय गौतमका अनुसार यातायात कार्यालयबाट हुने काम कारबाहीका विषयमा सेवाग्राहीहरुबाट धेरै गुनासो आएकाले मन्त्री श्रेष्ठ आकस्मिक अनुगमनमा आएका हुन् । उपप्रधानमन्त्री श्रेष्ठले यातायात क्षेत्र सुधारलाई पहिलो प्राथमिकता राखेका छन् ।
यातायात व्यवस्था विभागले लाइसेन्सलाई सहज बनाउन सकेको छैन। सवारी साधन अनुमति पत्रकोलागि अनलाइन आवेदन दिन, ट्रायल पासपछि लाइसेन्स पाउन १ वर्षसम्म कुर्नुपर्ने अवस्था रहेको छ।
प्रतिक्रिया