वीरगन्ज :

भोटेकोशी बाढीपीडितका लागि जगदम्बा इन्टरप्राइजेजको ५१ लाख सहयोग, निर्देशक रुङ्गटाद्वारा अर्थमन्त्री वाग्लेलाई चेक हस्तान्तरण

श्रेणी : मधेस

1 hour
Pradeep Sah
1.9kViews
1449 Shares

राहुल गुप्ता
काठमाडौं । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले जगदम्बा इन्टरप्राइजेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ।

जगदम्बा इन्टरप्राइजेजका निर्देशक अनिल रुङ्गटाले मंगलबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५१ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्।

बाढीबाट प्रभावित परिवारको तत्कालीन राहत तथा उद्धारसँगै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणमा समेत सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको जगदम्बा इन्टरप्राइजेजले जनाएको छ।

कम्पनीले बाढी प्रभावित क्षेत्रमा हुने पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यमा आफ्ना उद्योगबाट उत्पादित निर्माण सामग्रीहरू छुट मूल्यमा उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ। यसबाट विपद्पछि आवश्यक पर्ने पूर्वाधार पुनर्निर्माणमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत राहत, उद्धार तथा मानवीय सेवाका क्षेत्रमा गरिएको यस सहयोगले विपद्बाट प्रभावित नागरिकलाई केही राहत पुग्ने विश्वास निर्देशक रुङ्गटाले व्यक्त गरे।

उनले विपद्को समयमा निजी क्षेत्रले सरकारसँग सहकार्य गर्दै प्रभावित नागरिकको जीवन सहज बनाउन सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए।

बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि राज्य, निजी क्षेत्र तथा विभिन्न सामाजिक संघसंस्थाबीच सहकार्य आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *