
श्रेणी : मधेस
1.6kViews
1237
Shares
बीरगन्ज,१४ वैशाख । पर्साको पकहामैनपुर गाउँपालिकामा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ।
गाउँपालिकाको वडा नम्बर २ का रमेश दासकी ७ वर्षीया छोरी रोशनी दासको हिजो मृत्यु भएको पर्सा प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए।
प्रहरीका अनुसार रोशनी बाख्रा चराउन सुर्याहाँस्थित कट्टिमठ अगाडिको पोखरी छेउमा गएकी थिइन्। त्यही क्रममा उनलाई सर्पले टोकेको थियो।
गम्भीर अवस्थामा रहेकी रोशनीलाई उपचारका लागि नारायणी अस्पताल लगिएको भए पनि उनको ज्यान जोगाउन सकिएको छैन।


प्रतिक्रिया