
श्रेणी : मधेस
वीरगन्ज, २६ माघ । पूर्व मेयर तथा पूर्व उद्य्योगपति विजय सरावगीले छिटो भन्दा छिटो नारायणी अस्पतालको फैसला टुंगो लगाउन अनुरोध गरेका छन् ।
जुनसुकै अस्पतालहरु उद्य्योगपतीहरुले नै बनाईदिने र सबै अस्पतालहरुमा गएर हेर्दा निमार्ण गरिदिनेमा उद्य्योगपतीहरुकै नाम रहेको तथा नेपाल सरकारको लगानी नरहेको उनले दाबी गरे । अस्पतालको भवनहरु जीर्ण भईसकेको र अस्पताल जाँदा भित्र पस्न पनि डरमर्दो भएको उनले बताए ।
देशमा जाँच आयोग लगायतका विभिन्न आयोगहरु गठन हुने तर काम भने कुनै नहुने सरावगीको भनाई छ । आफू मेयर हुँदा मुलुकले कोभिडको समस्या झेल्नुपरेको सम्झदै सरावगीले भने सीमित स्रोतसाधनको बाबजुद पनि बीरगन्ज स्थित नारायणी अस्पतालले आफ्नो पहलमा सेवाग्राहीहरुलाई सेवा सुविधा दिन सफल भएको बताए । आफू मेयर भएकै समयमा अस्पतालमा विभिन्न उपकरणहरु ल्याउन सफल भएको बताँउदै सरकारको मुख ताक्ने हो भने त्यस बेलको समयमा अति आवश्यक पिसीआर मेसिन पनि ल्याउन नसकिने उनले दाबी गरे ।
विगतमा जस्तो कोभिड महामारी जस्तै अन्य कुनै पनि महामारी आयो देशभर फैलियो भने आफ्ना बालबच्चाहरुलाई कहाँ लगेर उपचार गराउने, आफूहरु कहाँ गएर उपचार गर्ने भन्ने समस्या खडा भएको बताउँदै अस्पतालमा बजेट निकासा मा षड्यान्त्रमूलक बनाईएको उनको भनाई छ । अस्पतालको विनियोजित बजेटलाई खर्च नहुने गरी टेन्डरले ल्याईएको र त्यसपछी कानुनी अनुसन्धनमा राखियो र अहिले पनि उच्च अदालतमा बिचाराधीन रहेको बताए । उच्च अदालतका न्यायधीहरुलाई २८ गते पेसी रहेकाे र त्यसलाई टुड्ग्याईदिन अनुरोध समेत गरे ।
जनताको भलोका लागि काम गुर्न अनुरोध गरे । यो ठूलो कुरा नभएको बताउँदै ठेकेदारहरुको झगडामा अल्झाईएको कुरालाई लम्ब्याउनु भन्दा जनताको चाहाना र भावनालाई बुझेर टुङ्ग्याउनुपर्नेमा जोड दिए ।
सुरुमा ३०० बेडको अस्पताल बनाउने र पछी फेरी थपेर ५०० बेडको अस्पताल बनाउने लक्ष्य रहेकोमा त्यो असफल भएको बताउँदै उनले थपे आफू सधै जनताको हकहितका लागि लड्ने भएकोले आफ्नो साथ सधै जनताकै पक्षमा रहने प्रतिबद्धता व्यक्त गरे ।
यहाँका प्रत्येक घरका बालबालिका, वृद्धा–वृद्धलाई सेवा प्रवाह गरिरहेको नारायणी अस्पतालमा कुनै प्रकारको पूर्वाैधारहरुको विकास नगरिएको र पटक–पटक आफूहरुले नै काम गरेको उल्लेृख गर्दै आकाश्मिक कक्षसमेत डाक्टर नहुने र आफूलाई फोन आउँदा आफूले आकास्मि कक्षमा पनि २४सै घण्टा डाक्टर होस् भनेर नगरपालिकाबाट बजेट दिएर जसोतसो आकास्मिक कक्ष सञ्चालन गर्न लगाएको बताए ।
वर्तमान् समायमा अस्पतालको केकस्तो अवस्था छ भन्ने बारे आफू अनविज्ञ रहेको बताउँदै सरावगीले भने हामी सबै हातेमालो गरेर अगाडी बढ्यौं भने जुनसुकै पार्टीको सरकार भए पनि आफूहरुको कुरा सुन्ननै पर्ने आफूहरुको आवाज ईनडिभिज्युलका लागि नभएर जनताको लागि माग गरेको र आफूहरुको माग सरकारले पु¥याउनुपर्ने उनको भनाई छ ।
यदी आफूहरुको माग पुरा नभए आफूहरुको आन्दोल नरोकिने चेतावनी दिए ।

प्रतिक्रिया