वीरगन्ज :

ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र द्वारा वृक्षा रोपण कार्यक्रम

ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र द्वारा वृक्षा रोपण कार्यक्रम

श्रेणी : मधेस

2 years
Pradeep Sah
12Views
0 Shares

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र वीरगंज आदर्शनगर वार्ड नं १० को आयोजना र वीरगंज महानगरपालिका तथा राष्ट्रपति चुरे तराई मधेश संरक्षण बिकास समिति भरतपुर चितवनको सयुक्त आयोजना तथा वीरगंज महानगरपालिका को सहयोगमा जिल्ला पर्सा वीरगंज म.न.पा.वडा नं.१० स्थित आदर्शनगर होजारी महल पार्किङ र विभिन्न स्थानमा वृक्षा रोपन गरेको हो।

वृक्षा रोपन गर्दै वीरगंज महानगरपालिकाका उप-प्रमुख आलमले भने बिरुवाले मानिस लगायत जिवजन्तुहरु लाइ नै आवश्यक पर्ने हो आफ्नो घर र घरको परिसर हरियाली होस् भन्ने चाहना हुन्छ र हामीले हाम्रो वातावरणलाई स्वछ पार्न र हाम्रो समाज प्रतिको दायित्व निभाउन साथै स्वासप्रस्वास लिन मदत पुग्छ त्यहि भएर वृक्षा रोपन कार्यक्रम गरेको बताए।

वृक्षारोपण कार्यक्रममा म्यागो स्टिक १००थान निमको बिरुवा ५० थान गरि जम्मा १५० थान बिरुवा वृक्षरोपण गरीएको हो।

वृक्षारोपण कार्यक्रमको प्रमुख अतिथि वीरगंज महानगरपालिकाका उप-प्रमुख ईमतियाज आलमको उपस्थितिमा र ग्रिनसिटी समुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्र.जि.अ.हिरालाल रेग्मी, जिल्ला प्रसासन कार्यालय पर्साका स.प्र.जि.अ. भिमकान्त पौडेल, जिल्ला प्रहरी कार्यालय पर्सा का प्र.उ. कोमल शाह,वडा प्रहरी कार्यालय विर्ता प्र.नि.बिदुर सिवाकोटी र बिभिन संघ संस्था,बुद्धिजीवी स्थानिय निकाईहरु तथा ग्रिनसिटी समुदायिक सेवा केन्द्र का पदाधिकारीहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *