वीरगन्ज :

आगलागीबाट मुगुको गमगढी बजारमा आठ घर जलेर नष्ट

श्रेणी : समाचार

2 years
birgunj report
26Views
0 Shares

मुगु । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा गएराति आगलागी भएको छ । गमगढी बजारस्थित कालिका मालिका मन्दिरदेखि उत्तरतिर रहेको बजारमा आगलागी हुँदा छ घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

नेपाली सेना ,नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नगर प्रहरी र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएको उनले बताए । उनका अनुसार गएराति काठले बनेको एकघरबाट आगो सल्किएको थियो ।

आगलागीबाट तार्के लामा, सोनाम लामा, जङ ऐडी, सान्तोना खत्री, पञ्च सेजुवाल, पिआर मल्ल , प्रदीप रावल र पुतली शाहीको घर जलेर नष्ट भएका प्रनाउ थापाले जानकारी दिए ।

आगो नियन्त्रणका लागि गमगढी बजारमा वितरण गरेको खानेपानी पाइप लाइनबाट सुरक्षाकर्मीहरुले आगो नियन्त्रण गरेका थिए । विसं २०७८ कात्तिक २९ गते गमगढी बजारको तल्लो बजारमा पनि आगलागी हुँदा १९ घर जलेर नष्ट भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *