श्रेणी : BANNER
वीरगंज । प्रहरीले खोलाबाट अवैध रुपले बालुवा उत्खनन गरी चोरी निकासी गरिरहेकाे अवस्थामा बिहिबार पर्साकाे पर्सागढी नगरपालिकाबाट ५ वटा ट्याकटर नियन्त्रणमा लिएको छ ।
पर्सागढी नगरपालिका–३ स्थित भेडाहा खोलाबाट अवैध रूपले बालुवा उत्खनन भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीकाे निर्देशनमा खटिएकाे प्रहरीले ५ वटा ट्याक्टर नियन्त्रणमा लिएकाे हाे ।
प्रहरी चौकी मिलन चौकबाट खटिएको टोलिले बिहिबार विहान ०७ बजे ना ७ त ४२०५, ना ७ त ७०३, ना ६ त ७६५५, ना ७ त १२९६ र ना ७ त १२९६ टयाक्टर नियन्त्रणमा लिएकाे प्रहरी निरिक्षक केशरीले जानकारी दिए ।
उक्त ट्याक्टरहरु प्रहरी चाैकी मिलन चाैक मै राखेर थप अनुसन्धान भइरहेकाे उनले वताए । कालिका टाईम्स
प्रतिक्रिया