![](https://birgunjreport.com/wp-content/uploads/2022/09/stock-760x500-1.jpg)
श्रेणी : अर्थ
काठमाडौं । लगातार दुई दिन बढेको शेयर बजार बिहीबार भने उच्च अङ्कले घटेको छ । बिहीबार शेयर बजार परिसूचक नेप्से ५७ अङ्कले घटेर एक हजार नौ सय २४ दशमलव ४८ विन्दुमा झरेको छ ।
बिहीबार सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, उत्पादन, विकास बैंक, जलविद्युत्, फाइनान्स, होटल तथा पर्यटन र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
नेप्से परिसूचक उच्च अङ्कले घटेको दिन दुई सय ३२ वटा कम्पनीको ६९ लाख ४० हजार कित्ता शेयर दुई अर्ब १२ करोड ५६ लाख रुपैयाँमा कारोबार भएको छ ।
सबैभन्दा धेरै लक्ष्मी विकास बैंकको २१ करोड ५० लाख रुपैयाँको शेयर किनबेच भयो । आज एनआईसी एसिया फ्लेक्जी क्याप फन्डको शेयर सबैभन्दा धेरै आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सिटिजन्स म्युचल फन्ड २ को शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ ।
![](https://birgunjreport.com/wp-content/uploads/2023/12/laingik-hinsa-1536x458-1.jpg)
प्रतिक्रिया